Logo

बैंकिङ

बैंक अफ काठमाण्डू लिमिटेडको विशेष साधारण सभा सम्पन्न 



बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो विशेष साधारण सभा आज मिति २०७७ चैत्र ३ गते मंगलबार एक समारोहको बिच सम्पन्न भएको छ । उक्त समारोह बैंकको सञ्चालक समितिका अध्यक्ष श्री प्रकाश श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । 

उक्त विशेष साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु श्री गोबिन्द प्रसाद शर्माज्यू, श्री मदन लाल जोशीज्यू र श्री अमृता उप्रेतीज्यू सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएका छन् । 

बैंकले हाल ९० शाखा कार्यालयहरु,७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ । 

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  १ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।