Logo

साहित्य

साहित्यका माध्यमबाट समाजको पहिचान : प्रम पत्नी शाक्य



प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी  राधिका शाक्यले समाजलाई साहित्यका माध्यमबाट पहिचान गर्न महत्वपूर्ण कार्य भएको बताएकी छन् । जेसुम अभियानकर्मी अनिता लामाको आज एकल कविता वाचन कार्यक्रममा उनले कविताका माध्यमबाट समाज पहिचानको कार्य सहज नभए पनि लामाका हरेक कवितामा पहिचान झल्किएको बताइन् । 

नेपाल प्रज्ञा (प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले विगतका तुलनामा लामाको कविता परिष्कृत भएको जनाउँदै ती कविता सांस्कृतिक पहिचानको बलियो आधार रहेको बताएकी हुन् । सो अवसरमा कवि लामाले पसिना, आमा, बुबा शीर्षकलगायत १२  र उनका सहयोगीले तीन गरी १५  कविता वाचन गरेका थिए । उनका हालसम्म अनुभव, अर्पण र आतुङ नामक कवितासङ्ग्रह प्रकाशन भएका छन् । 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार २०:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।