Logo

कर्पोरेट फोकस

डलर र यूरो बढ्दा पाउन्डमा भने सामान्य गिरावट, कस्तो छ आजको विनिमय दर ?



नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७९ पैसा र विक्रीदर ११६ रुपैयाँ ३९ पैसा निर्धारण गरेको छ । त्यस्तै, मंगलबार १ अमेरिकी डलरको खरिद दर ११५ रुपैयाँ ६६ पैसा र विक्री दर ११६ रुपैयाँ २६ पैसा रहेको थियो ।

त्यस्तै यूरोपीयन यूरो १ को खरिद दर १३८ रुपैयाँ २२ पैसा र विक्रीदर १३८ रुपैयाँ ९३ पैसा तोकेको छ । मंगलबार १ यूरोपीयन यूरोको खरिद दर १३७ रुपैयाँ ९३ पैसा र विक्री दर १३८ रुपैयाँ ६५ पैसा रहेको थियो ।

बुधबार बेलायती पाउन्ड स्टर्लिङ १ को खरिददर १६० रुपैयाँ २२ पैसा र विक्रीदर १६१ रुपैयाँ ०५ पैसा रहेको छ । मंगलबार भने बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ १६ पैसा र विक्री दर १६२ रुपैयाँ ०० पैसामा कारोबार भएको थियो ।

त्यसैगरी, नेपालीबजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ४७ पैसा र विक्रीदर ३८५ रुपैयाँ ४६ पैसा तोकेको छ भने बहराइन दिनार १ को खरिद दर ३०७ रुपैयाँ ११ पैसा र विक्रीदर ३०८ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ । 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार १२:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।