Logo

बैंकिङ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई नेप्सेको प्रश्न– सामाजिक सञ्जालमा भाँडभैलो किन ?



 नेपाल स्टक एक्चेञ्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई स्पष्टीकरण सोधेको छ । पछिल्ला केही दिनयता अनलाइन मिडिया, सामाजिक सञ्जालहरूमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने र लन्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने समाचार छाएको छ । 

यसका साथै कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने जस्ता धितोपत्रको मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तथा जानकारीप्रति नेप्सेको गम्भिर ध्यानाकर्षण भएको बताउँदै ३ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । 

उक्त समाचार के कति मात्रामा सत्य हो ? निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा को संग कस्तो छलफल भइरहेको छ ? कम्पनीले बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूले खरिद गर्ने भनिएको बण्डको सम्बन्धमा के कति मात्रामा छलफल अघि बढाएको हो ? भन्ने विषयमा स्पष्ट गर्न निर्देशन दिइएको छ ।

 
161783566_132341405485870_2939405774339445197_n.png
 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार १३:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।