Logo

साहित्य

कहाँ छ मेरो देश ?



युवराज सुवेदी

कहाँ छ मेरो देश ?
मुर्दा जस्तै लडिरहेछ अचेतन
अवस्थामा बिउँतिन्छ बिउँतिन्न
चिन्ता होइन अब चिन्तन गर्ने
बेला भएको छ । जुन देशका
जनताहरु नीति र गन्तव्यहीन
माग लिएर भरौटे र पछौटेको
भरमा सडकमा नाङ्गै
नाचिरहन्छन्विद्वान्भनाउँदा
मनुष्यहरु अर्थहीन तर्क गर्दै एक
गिलास रक्सी र चियामा बिक्दै
ज्ञान जुन बाँड्ने भएका छन्।

इनाम र पेश्कीमा बिक्नेहरु
इमानदार भएका छन्।
कहाँ गए क्रान्ति र विद्रोहका आवाजहरु
यतिसम्म अत्याचार, शोषण, हत्या
हिंसा अपहरण, बलात्कार दिनानुदिन
बढिरहँदा कुन दुलोबाट हेरिरहेछन्
नौटंकीबाज विद्रोहीहरु न्यायाधीशको
पेशाबाटै अन्याय भएको छ पुलिस
प्रशासन नाम मात्रको भएको छ
दण्डित व्यक्तिलाई लुकाउँछन्
छिपाउँछन्निर्दोष बनाउँछन्। 

कसरी हुन्छ सुशासन, कसरी हुन्छ न्याय
खै कहाँ छ मेरो देश
कहाँ छ भविष्य ।

महङ्गी र बेरोजगारीको चरम सीमा नाघ्दा पनि
लाखौं युवा देश छाडेर भाग्दा पनि के हुँदैछ मेरो
देश के गर्दैछ सरकार करको चरम वृद्धि हुँदा
आफ्नो गास काटेर भनिरहेछन्जनताहरु
मोजमस्तीमा रमाइरहेछन्नेता कार्यकर्ताहरु खै
कहिले हुन्छ देश र जनताको उन्नति र विकास
मेरो देश जिउँदो जस्तो लाग्नै छाड्यो । कसैको
अनुहारमा उत्साह छैन विदेशीको चरम हस्तक्षेप र
निर्देशनमा चलिरहेको मेरो देश कहाँ गयो
स्वाभिमान र स्वाधिनता बुद्ध, सीता, भृकुटी र
अरनिकाको देश वलभद्र, कुवेर, अमरसिंह थापा,
भक्ति थापाको देश वीर गोर्खालीको सन्तान हामी,
वीर गोर्खालीको देश पृथ्वीनारायण शाह, बहादुर
शाह, भीमसेन थापाको त्याग र तपस्याबाट
निर्मित यो सुन्दर साझा फूलबारी लुछाचुँडी
भागबण्डामा जोखिम बढ्दै गएको छ ।

ऋषिमुनिहरुको देश धर्म
संस्कृति, धरोहरको देश
धर्म संस्कृति हराउँदै गर्दा
मासिँदै, मासिँदै गर्दा खै
कहाँ छ नेपाल र
नेपालीपना ? राष्ट्रिय
अस्मितामाथि धावा बोल्दै
गर्दा हाम्रा भूभाग मिचिँदै
गर्दा अर्काले बजाएको 
डमरुको तालमा नाच्ने ए
पटमूर्ख बुद्धिजीवी हो, दुई
चार शब्दले सोसल
मिडिया, फेसबुक
रङ्गाउँदैमा भैंसी छोपेर
जुम्रा देखाउँदैमा तिम्रो
बौद्धिक बहस कहाँसम्म
उचित होला हामीले फेर्ने
हावा समेत आयात गर्नैपर्ने
भएपछि ।

कहाँ छ मेरो देश कहिले बन्छौं हामी
स्वावलम्बी कहिले प्रयोग हुन्छ हाम्रो स्रोत
र साधन कहिले हुन्छ अनुहारमा कान्ति र
मनमा शान्ति भाषण, उखान, टुक्काले देश
बन्ने भए सपना देखाएर विकास हुने भए
झुटो र भ्रामक आश्वासन कहिलेसम्म
सक्छौ यथार्थमा बाँच र बाँच्न सिकाऊ
सेवाको नाममा लिएको सेवा सुविधा हटाऊ
जनताको माझमा आऊ अनि हेर मेरो
देश कहाँ छ । 

(युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)

 

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहीबार  ३ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।