काठमाडौं । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सोमबार बिहान बस दुर्घटना हुँदा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको छ ।
भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । बस नालीमा खसेर भित्तामा ठोक्किएको छ ।
बस अनियन्त्रित भएर नालीमा खसेको थियो । केही यात्रुहरु बसको छतमा रहेको र छतबाट समेत खसेको प्रहरीले जनाएको छ ।





















प्रतिक्रिया