नेपाल राष्ट्र बैंकले शुक्रबार १ अमेरिकि डलरको खरिद दर ११५ रुपैयाँ ७६ पैसा र विक्रीदर ११६ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।
त्यस्तै १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ २३ पैसा र विक्रीदर १३८ रुपैयाँ ९५ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लीङ १ को खरिददर १६१ रुपैयाँ ७२ पैसा र विक्रीदर १६२ रुपैयाँ ५६ पैसा तोकेको छ ।
नेपाली बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ४० पैसा र विक्रीदर ३८५ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ । त्यसैगरी बहराइन दिनार १ को खरिददर ३०७ रुपैयाँ ४ पैसा र विक्रीदर ३०८ रुपैयाँ ६३ पैसा तोकिएको छ ।






















प्रतिक्रिया