Logo

अन्तर्राष्ट्रिय

सुडानी प्रधानमन्त्री नजरबन्दमुक्त, सेनाको स्कर्टिङमा फर्किए घर



सेनाद्वारा घरमै नजरबन्दमा राखिएका भनिएका सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामडोक घर फर्किएका छन् । प्रधानमन्त्री हामडोकलाई राजधानी खार्तुमस्थित आफ्नै घरमा पु¥याइदिएको त्यहाँको सेनाले जनाएको छ ।

यसअघि सेना प्रमुख अब्देल फताह अल बुरहानले प्रधानमन्त्रीको आफ्नै सुरक्षाका लागि नजरबन्दमा राखिएको बताएका थिए ।

सैन्य कू गरेपछि मंगलबार आफ्नो पहिलो पत्रकार सम्मेलनमा अल बुरहानले देशलाई गृहयुद्धबाट जोगाउन सेनाले हातमा शक्ति लिएको बताएका थिए । उनले सेनाबिरुद्ध विष बमन गर्नै राजनीतिज्ञलाई पन्छाउनुको विकल्प सेनासँग नभएको बताएका थिए ।

सेनाको कूपछि राजधानी खार्तुमलगायत देशका प्रमुख सहरहरुमा प्रदर्शन भइरहेका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सात प्रदर्शनकारीको मृत्यु भएको छ । एजेन्सी

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार १३:३३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।