Logo

अन्तर्राष्ट्रिय

इरानी विदेश मन्त्रालय भन्यो– अमेरिकासँगको सम्झौताका केही मुद्दामा सहमति भएको छ



काठमाडौं। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिकासँगको सम्झौतामा केही मुद्दामा सहमति भएको पुष्टि गरेका छन्। बीबीसी फारसी सेवाका अनुसार उनले चाँडै सम्झौतामा हस्ताक्षर नहुने पनि बताएका हुन्।

यसअघि आइतबार इरानी राज्य मिडियाले दुई देशबीचको मतभेद एक वा दुई मुद्दामा मात्र रहेको दाबी गरेका थिए।

इस्माइल बगाईले ढिलाइको श्रेय अमेरिकी अधिकारीको विरोधाभासी अडान र वार्ताको क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासलाई दिएका छन्।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरान र अमेरिका आज सोमबार युद्ध अन्त्य गर्न सम्झौतामा पुग्न सक्ने बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आइतबार सम्झौता नजिकै रहेको बताएका थिए। तर पछि उनले सम्झौतामा पुग्न कुनै हतार नभएकोमा जोड दिए।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार १९:११   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।