नेपाल राष्ट्र बैंकले सोमबार १ अमेरिकि डलरको खरिद दर ११५ रुपैयाँ ७२ पैसा र विक्रीदर ११६ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ । त्यस्तै आईतबार १ अमेरिकि डलरको खरिद दर ११५ रुपैयाँ ७२ पैसा र विक्रीदर ११६ रुपैयाँ ३२ पैसा नै रहेको थियो ।
त्यस्तै १ यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ७५ पैसा र विक्रीदर १३८ रुपैयाँ ४७ पैसा रहेको छ । एक कारोबार दिन अगाडी १ यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ६२ पैसा र विक्रीदर १३८ रुपैयाँ ३३ पैसा रहेको थियो ।
बेलायती पाउन्ड स्टर्लीङ १ को खरिददर १६० रुपैयाँ ५८ पैसा र विक्रीदर १६१ रुपैयाँ ४१ पैसा तोकेको छ । त्यस्तै आइतबार बेलायती पाउन्ड स्टर्लीङ १ को खरिददर १६१ रुपैयाँ ०९ पैसा र विक्रीदर १६१ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।
नेपाली बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ २४ पैसा र विक्रीदर ३८५ रुपैयाँ २३ पैसामा कारोबार भइरहेको छ । त्यसैगरी बहराइन दिनार १ को खरिददर ३०६ रुपैयाँ ९४ पैसा र विक्रीदर ३०८ रुपैयाँ ५३ पैसा तोकिएको छ । 





















प्रतिक्रिया