काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको पार्टी आगो भएको बताएका छन् । शनिबार प्रदेश नं. २ को जनकपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिँदै भने, ‘माओवादी केन्द्र आगो हो । आगोसँग नखेल्नु भनेर मैले पहिल्यै भनेको थिएँ । हेर्नुहोस् त अहिले बालुवाटारबाट बालकोट पुर्याइदिएको।’
ओलीकै कारण गण्डकी, लुम्बिनी, बागमतीबाट सरकार ढलेको बताउँदै केही दिनमा प्रदेश १ सरकार पनि ढल्ने दाबी गरे । ‘मलाई अहिले भिलेनहरुले घेरा हालेका छन् । मद्येशी जनताको हकहित पुगेको छैन भनेर दुई पटक संविधान संशोधन प्रस्ताव राखेको प्रधानमन्त्री म हुँ । तर, संविधान संशोधनको लागि दुईतिहाइ चाहिन्छ । संविधान संशोधन केपी ओलीको कारणले हुन सकेन’ प्रचण्डले भने।
महन्थ ठाकुर र राजेन्द्र महतो संघीयता लोकतन्त्र र संविधान विरोधीहरुसँग मिलेको आरोप समेत प्रचण्डले लगाए । व्यवहारमा समावेशीता माओवादी केन्द्रले नै गरेको उनको जिकिर छ । उनले जनता समाजवादी पार्टी जसपालाई पार्टी एकताको लागि आह्वान समेत गरेका छन् ।





















प्रतिक्रिया