Logo

प्रमुख समाचार

कुर्सी पाइयो अधिकार पाइएन् : उपमेयर शान्ती कार्की



बीरगंज महानगरपालिका उपमेयर शान्ती कार्कीले उपमेयरलाई कुर्सी दिने तर अधिकार नदिने गलत अभ्यास नेपालमा भैरहेको बताएकी छन् । जनताको नजिक हुने पालिका सरकारमा उपमेयर र उपाध्यक्षहरु कुर्सीकै लागि मात्रै चुनाव जितेर आएको जस्तो आफूले महसुस गरेको उनले अनलाइनपानालाई बताइन् ।

उमेरले ९१ बसन्त पार गरकी उपमेयर कार्कीले अझै प्रष्ट आवाज निकाल्दै भनीन्, जनताको सेवा गर्न कुनै बजेट र अधिकार नदिने हो भने उपमेयर र उपाध्यक्ष भन्ने पद खारेज गरे भैगयो नि ।

वर्षको सुरुवातमै पालिकाले मेयरमुखी कार्यक्रम ल्याउँछ भन्दै उनले थपीन् आफूले चाहेको जति काम त गरे तर बजेट र अधिकार विनाको काम खासै उपलब्धिमूलक भएनन् । त्यसैले यो कार्यकालमा उपमेयर र उपाध्यक्षहरु कुर्सीको बुझ मात्रै भएको उनले गुनासो गरिन् ।

आर्किक र विकासमा जबसम्म अधिकार हुदैन तबसम्म उपमेयर हुनु र नहुनुमा कुनै अर्थ नहुने उनको बुझाई छ । मेयर र वडा अध्यक्षको पद नदिएर महिलामाथि घोर अत्याचार गरेको भन्दै उनले महिलालाई उपमेयर, उपाध्यक्ष र वडा सदस्या बनाएर नाम मात्रैको जनप्रतिनिधि बनाएको स्पष्ट पारिन् । आगामी चुनावमा आफू मेयरमा उठ्ने घोषणा गर्दे उनले जनताले जिताउने विस्वास रहेको दावी गरिन् ।

उपमेयर कार्कीले महिलाको अधिकारलाई कानुनमै स्पष्ट गर्न सरकारलाई आग्रह गरिन् । आगामी चुनावमा महिलाहरुलाई मेयर, अध्यक्ष र वडा अध्यक्षमा टिकट दिनुपर्ने धारणा समेत राखेकी छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १७:२०   :  बजे

459
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।