Logo

मनोरञ्जन

ट्रेलरमा आयो ‘चपली हाइट ३’



काठमाडौं । आगामी पस २ गते रिलिज मिति तोकिएको फिल्म ‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।

अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशन रहेको ट्रेलरमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापालगायतका कलाकारलाई प्राथमिकता दिइएको छ ।

प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलाको समेत अभिनय रहेको फिल्ममा आकाश बरालको कथा तथा संवाद छ ।

यो फिल्मले २०७६ साल चैत २८ लाई प्रदर्शन मिति तोके पनि कोभिड महामारीका कारण त्यो समयमा प्रदर्शन हुन सकेको थिएन ।

प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार  ८ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।