Logo

मनोरञ्जन

सम्हालिन्छ कहिले मन’को रिलिज मिति सार्वजनिक



काठमाडौं । एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति सार्वजनिक गरिएको छ। छायांकन सकिएसँगै निर्माण कम्पनीले २०७८ फागुन २७ गते चलचित्र प्रदर्शन गर्ने भएको छ।

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’निर्माणको लामो समयसम्म कोरोना भाइरसका कारण रिलिज हुन नसकेको सिनेमा २०७८ फागुन २७ मा कन्फर्म रिलिज हुने अजित कुमार थापा जानकारी दिएका छन् । सुदर्शन थापाको निर्देशनमा बनेको सिनेमामा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोपदेङ सँगै सरोज खनाल, गौरी मल्ल, धीरेन शाक्यलगायतका कलाकारहरुको समेत अभिनय रहेको छ।

लण्डन, स्कटल्याण्ड र वेल्स, दुबईलगायत ठाँउमा छायांकन गरिएको यो चलचित्रमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । निर्मातामा अजितकुमारसँगै अमित बस्नेत छन् । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको सिनेमामा परी राना सह-निर्माता छिन् ।

सिनेमामा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । यस चलचित्रको निर्माण ब्यानर एबी इन्टरनेशनल हो जो केही वर्ष अगाडि पासवर्ड नामक चलचित्र निर्माण गरेको थियो। नेपाली सिनेमा बजारमा छुट्टै पहिचान बनाएको छ। यस कम्पनीले चलचित्रको गुणस्तर र कथावस्तु छनोटदेखि कलाकार छनोट अरुभन्दा पृथक छ। चलचित्र समालिन्छ कहिले मन नेपाली सिनेमा इतिहासमा अहिलेसम्म कै महँगो र फरक चलचित्र भएको निर्माण पक्ष बताउँछन् ।


प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार १०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।