नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रीदर ११६ रुपैयाँ ३२ पैसा तोकेको छ । एक कारोबार दिन अगाडी आईतबार एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रीदर ११६ रुपैयाँ ३२ पैसा नै रहेको थियो ।
यस्तै यूरोपीयन यूरो एकको खरिददर १३६ रुपैयाँ ५३ पैसा र विक्रीदर १३७ रुपैयाँ २३ पैसा निर्धारण गरेको छ । आईतबार एक यूरोको खरिददर १३६ रुपैयाँ ४७ पैसा र विक्रीदर १३७ रुपैयाँ १८ पैसा रहेको थियो ।
बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १५९ रुपैयाँ ५६ पैसा र विक्रदर १६० रुपैयाँ ३९ पैसा रहेको छ । आइतबार पाउन्ड स्टर्लीङ एकको खरिददर १५९ रुपैयाँ ५२ पैसा र विक्रदर १६० रुपैयाँ ३५ पैसा तोकेको थियो ।
नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३८२ रुपैयाँ ९३ पैसा र विक्रीदर ३८४ रुपैयाँ ९१ पैसा निर्धारण गरेको छ । त्यसैगरी बहराईन दिनार एकको खरिददर ३०६ रुपैयाँ ९५ पैसा र विक्रीदर ३०८ रुपैयाँ ५४ पैसा तोकेको छ ।






















प्रतिक्रिया