Logo

अन्तर्राष्ट्रिय

साउदी अरबले अवैधानिक आप्रवासीविरुद्ध कठोर नीति लिने



काठमाडौं । साउदी अरबले अवैधानिक आप्रवासीविरुद्ध कठोर नीति अख्तियार गरिने बताएको छ ।

एक महिनाको अवधिमा १४ हजार अवैधानिक आप्रवासी पक्राउ गरेको साउदी अरबले अवैधानिक आप्रवासी कामदार राख्ने वा ओसारपसार गर्नेलाई १५ वर्ष कैद, एक मिलियन अमेरिकी डलर अर्थात् २ लाख ६० हजार रियल जरिवानासहित प्रयोगमा रहेको सवारीसाधन जफत गर्ने बताएको छ ।

पक्राउ परेका १४ हजारमध्ये १ हजार ५ सय ३४ जना आप्रवासी कामदार रहेको बताइएको छ । साउदी अरबको आन्तरिक मन्त्रालयले अवैधानिक कामदार राख्नेको सम्पत्तिसमेत जफत हुने बताएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०७८ सोमबार  १० : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।