नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रीदर ११६ रुपैयाँ ३२ पैसा तोकेको छ । यस साताको शुरुवातदेखि नै एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रीदर ११६ रुपैयाँ ३२ पैसा नै रहेको छ ।
यस्तै यूरोपीयन यूरो एकको खरिददर १३६ रुपैयाँ २२ पैसा र विक्रीदर १३६ रुपैयाँ ९३ पैसा निर्धारण गरेको छ । सोमबार एक यूरोको खरिददर १३६ रुपैयाँ ५३ पैसा र विक्रीदर १३७ रुपैयाँ २३ पैसा रहेको थियो ।
बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १६० रुपैयाँ ०१ पैसा र विक्रदर १६० रुपैयाँ ८४ पैसा रहेको छ । सोमबार पाउन्ड स्टर्लीङ एकको खरिददर १५९ रुपैयाँ ५६ पैसा र विक्रदर १६० रुपैयाँ ३९ पैसा तोकेको थियो ।
नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३८२ रुपैयाँ ९१ पैसा र विक्रीदर ३८४ रुपैयाँ ९० पैसा निर्धारण गरेको छ । त्यसैगरी बहराईन दिनार एकको खरिददर ३०६ रुपैयाँ ९४ पैसा र विक्रीदर ३०८ रुपैयाँ ५३ पैसा तोकेको छ ।






















प्रतिक्रिया