Logo

बैंकिङ

बुधबार सबै प्रमुख मुद्राको भाउमा बढोत्तरी, कस्तो छ आजको विनिमयदर ? 



नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र विक्रीदर ११७ रुपैयाँ ७२ पैसा तोकेको छ । यस साताको शुरुवातदेखि नै एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रीदर ११६ रुपैयाँ ३२ पैसामा स्थीर रहेको थियो । 

यस्तै यूरोपीयन यूरो एकको खरिददर १३७ रुपैयाँ ५२ पैसा र विक्रीदर १३८ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ । मंगलबार एक यूरोको खरिददर १३६ रुपैयाँ २२ पैसा र विक्रीदर १३६ रुपैयाँ ९३ पैसा रहेको थियो । 

बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र विक्रदर १६१ रुपैयाँ ९९ पैसा रहेको छ । मंगलबार पाउन्ड स्टर्लीङ एकको खरिददर १६० रुपैयाँ ०१ पैसा र विक्रदर १६० रुपैयाँ ८४ पैसा तोकेको थियो । 

नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ ४६ पैसा र विक्रीदर ३८९ रुपैयाँ ४४ पैसा निर्धारण गरेको छ । त्यसैगरी बहराईन दिनार एकको खरिददर ३१० रुपैयाँ ६४ पैसा र विक्रीदर ३१२ रुपैयाँ २३ पैसा तोकेको छ ।  

Capture.JPG

प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार  १२ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।