Logo

बैंकिङ

बिहीबार सबै प्रमुख मुद्राको भाउ घट्यो, कस्तो छ आजको विनिमयदर ? 



नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रीदर ११७ रुपैयाँ २८ पैसा तोकेको छ । बुधबार एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र विक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको थियो । 

यस्तै यूरोपीयन यूरो एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र विक्रीदर १३७ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ । बुधबार एक यूरोको खरिददर १३७ रुपैयाँ ५२ पैसा र विक्रीदर १३८ रुपैयाँ २२ पैसा रहेको थियो । 

बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र विक्रीदर १६१ रुपैयाँ ५६ पैसा रहेको छ । बुधबार पाउन्ड स्टर्लीङ एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र विक्रदर १६१ रुपैयाँ ९९ पैसा तोकेको थियो । 

नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३८५ रुपैयाँ ८६ पैसा र विक्रीदर ३८७ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । त्यसैगरी बहराईन दिनार एकको खरिददर ३०९ रुपैयाँ ४८ पैसा र विक्रीदर ३११ रुपैयाँ ०७ पैसा तोकेको छ ।

Capture.JPG 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार १०:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।