Logo

साहित्य

कविता : शिखर चुम्ने नाममा



जमिन काटेर पानी भाग लगायौँ
तर खै हाम्रो पौरखको तरबारले
पानी काटेको कतै देखिएन !

बाटो फेर्न सक्छौँ, फेर्याैँ
तर खै खुट्टालाई ढाँट्न त सकेनौँ !

आमाकै दूध पिएर हामी यहाँसम्म आएको सत्य हो !
उमेरको रापले आमालाई अशक्त बनाएको पनि सत्य हो !
शिखर चुम्ने नाममा
आमालाई आधारशिविरमै छोडेर
कुन हिमाल चुम्न हिँडेका छौँ हामी?
आरोहण–यात्री,
आमाभन्दा अग्लो हिमाल कुन भूगोलमा उभिएको देखेका छौ ?

प्रकाशित मिति : मंसिर १२, २०७८ आईतबार  २ : ०१ बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।