Logo

मनोरञ्जन

जिग्रीको गीतमा रोमान्टिक धुर्मुस सुन्तली




काठमाडौं । कलाकार कुमार कट्टेल ‘जिग्री’को स्वरमा रहेको गीत ‘मायाले जीवन सजाऊ’ सार्वजनिक भएको छ । गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् ।

गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । भिडियोमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को अभिनय रहेको छ । यसअघि जिग्रीले गाएको ‘मञ्जुरी’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

धुर्मुस सुन्तलीको १४ औं वैवाहिक वर्षगाँठको अवसर पारेर गीत सार्वजनिक गरिएको हो । दाजुभाउजूको वैवाहिक वर्षगाँठलाई थप विशेष बनाउन पनि आफ्नो स्वरमा रहेको गीत सुम्पिएको जिग्रीले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार ०८:१६   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।