Logo

मध्यान्ह १२ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै



आज (आइतबार) मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको विशेष स्रोतले जनाएकाे छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।  यसअघि शनिबार सम्म मन्त्रिपरिषद बैठक बस्नेबारे कुनै जानकारी थिएन ।  

स्राेतका अनुसार शनिबार मन्त्रिपरिषद बैठक बाेलाउने मनसायमा प्रधानमन्त्री पुगेकाे देखिन्छ । पछिल्लाे समय मन्त्रिपरिषद पुनर्गठनकाे चर्चा चुलिएकाे छ, यसैबारे छलफल एवं निर्णय गर्नका लागि प्रधानमन्त्रीले बैठक बोलाएकाे अड्कल गरिएकाे छ । यसअघि नियमितरूपमा मन्त्रिपरिषद बैठक सोमबार र बाँकी रहेका एजेन्डाका लागि पुनः बिहीबार बस्ने गरेकाे थियाे ।

पछिल्लाे समय नेकपाका अध्यक्षसमेत रहनुभएका  प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका लागि घनिभूत छलफल भएकाे थियाे र यसकाे गृहकार्य अन्तिम चरणमा पुगेकाे स्राेतकाे दाबी छ । प्रधानमन्त्री ओलीले गत शुक्रबारकै मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीको बिदाइ गर्ने संकेत गरेका थियाे ।

प्रकाशित मिति : आश्विन ११, २०७७ आईतबार  ९ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।