Logo

बैंकिङ

सोमबार डलर स्थीर रहँदा अन्य मुद्रा सामान्य घट्यो, कस्तो छ आजको विनिमयदर ?



नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रीदर ११७ रुपैयाँ २८ पैसा तोकेको छ । अघिल्लो कारोबार दिन अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र विक्रीदर ११७ रुपैयाँ ७२ पैसामै कारोबार भएको थियो । 

यस्तै यूरोपीयन यूरो एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र विक्रीदर १३७ रुपैयाँ ९७ पैसा निर्धारण गरेको छ । शनिबार एक यूरोको खरिददर १३७ रुपैयाँ ४७ पैसा र विक्रीदर १३८ रुपैयाँ १७ पैसा रहेको थियो । 

बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १६१ रुपैयाँ ४० पैसा र विक्रदर १६२ रुपैयाँ २३ पैसा रहेको छ । शनिबार पाउन्ड स्टर्लीङ एकको खरिददर १६१ रुपैयाँ ४२ पैसा र विक्रदर १६२ रुपैयाँ २५ पैसा तोकेको थियो । 

नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३८६ रुपैयाँ १० पैसा र विक्रीदर ३८८ रुपैयाँ ०९ पैसा निर्धारण गरेको छ । त्यसैगरी बहराईन दिनार एकको खरिददर ३०९ रुपैयाँ ५० पैसा र विक्रीदर ३११ रुपैयाँ ०९ पैसा तोकेको छ ।  

Capture.JPG

प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार  १२ : ०२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।