गत चैत्रदेखी कोरोनाको कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सरकारले अनुमती दिएको छ ।
गृह मन्त्रालयले कारोनाको स्वस्थ्य मापदण्ड पुरा गरेर सभा गर्न अनुमती दिएको हो । महासंघको सचिवालय बैठकले यसअघिनै मंसिर ११ र १२ गते साधारणसभा र निर्वचन गर्ने निर्णय गरिसकेको छ ।
सरकारले साधारणसभा भर्चुअलबाट गर्न र निर्वाचन फिजिकल गर्न निर्देशन दिएको हो । गृहमन्त्रालयले अनुमति दिएसँगै निर्वाचन हुने पक्का भएको हो । महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले सामाजीक दुर कायम गरेर निर्वाचन गर्न अनुमति दिएको बताए ।
गोल्छाका अनुसार यही अशोज १५ गते बस्ने महासंघको कार्यसमिति बैठकले महासंघको निर्वाचनको मिती तय हुनेछ । ‘संभवत मंसिरको दोस्रो साता हामी चुनाव गर्छौं’ गोल्छाले भने । २०७६ चैतमा नै साधारणसभा महासंघको सधारणसभा कोरोनाको कारण स्थगित हुँदैं आएको थियो ।
महासंघको आगामी कार्यकालको लागी हाल बरिष्ठ उपाध्यक्ष रहेका गोल्छा स्वत अध्यक्ष बन्नेछन भने बरिष्ठ उपाध्यक्ष लगायतको पदमा निर्वाचन हुनेछ । बरिष्ठ उपाध्यक्षमा आइएमई समुहका अध्यक्ष चन्द्र ढकाल र औषधि व्यावसायी किशोर प्रधान प्यानै बनाएर उम्मेदवारी घोषणा गरिसकेका छन ।




















प्रतिक्रिया