Logo

साहित्य

प्रा.डा. वासुदेव त्रिपाठीलाई पाँच लाखसहित महासमालोचकको उपाधि 



नइ प्रकाशनको रजत महोत्सवका अवसरमा प्रा.डा. वासुदेव त्रिपाठीलाई महासमालोचकको उपाधिसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले विभूषित गर्ने निणर्य भएको छ ।

मोतीराम भट्टबाट थालिएको समालोचनाको परम्परालाई आधुनिक युगमा विविधतापूर्ण, बहुआयामिक र समन्वयवादी दृष्टिले गतिशील, समृद्ध र उन्नत तुल्याई एक युगकै केन्द्रीय प्रतिभाका रूपमा भूमिका खेलेवापत प्रा.डा.त्रिपाठीलाई महासमालोचकको सम्मानसहित पाँचलाख रुपियाँ राशिको ‘नइ रजत महोत्सव पुरस्कार’ले सम्मान गर्ने निणर्य भएको हो ।

‘नइ रजत महोत्सव’का अध्यक्ष वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको अध्यक्षतामा बसेको बैठकले सो निणर्य गरेको हो ।
बैठकबाट प्रा.डा.उषा ठाकुर ‘नइ रजत महोत्सव’को उपाध्यक्षमा मनोनीत हुनुभएको छ । 

महासमालोचकको उपाधि समर्पण गरिने समारोहमा प्रा.डा. त्रिपाठीलाई देशदेशान्तरबाट सार्वजनिक अभिनन्दन पनि अर्पण गरिने छ ।    

नइ प्रकाशनकै सिफारिस, पहल र अनुरोधमा नेपाल सरकारबाट डा.माधवप्रसाद घिमिरेलाई राष्ट्रकवि र  डा.सत्यमोहन जोशीलाई वाङमय शताब्दी पुरूषको उपाधि प्रदान गरेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार १९:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।