Logo

बैंकिङ

मंगलबार अधिकांश प्रमुख विदेशी मुद्रामा बढोत्तरी, कस्तो छ आजको विनिमयदर ?



नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ९७ पैसा र विक्रीदर ११७ रुपैयाँ ५७ पैसा तोकेको छ । अघिल्लो कारोबार दिन सोमबार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ६८ पैसा र विक्रीदर ११७ रुपैयाँ २८ पैसामा कारोबार भएको थियो । 

यस्तै यूरोपीयन यूरो एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र विक्रीदर १३८ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ । सोमबार एक यूरोको खरिददर १३७ रुपैयाँ २६ पैसा र विक्रीदर १३७ रुपैयाँ ९७ पैसा रहेको थियो । 

बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १६२ रुपैयाँ १३ पैसा र विक्रदर १६२ रुपैयाँ ९६ पैसा रहेको छ । सोमबार पाउन्ड स्टर्लीङ एकको खरिददर १६१ रुपैयाँ ४० पैसा र विक्रदर १६२ रुपैयाँ २३ पैसा तोकेको थियो । 

नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ ०० पैसा र विक्रीदर ३८८ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ । त्यसैगरी बहराईन दिनार एकको खरिददर ३१० रुपैयाँ २४ पैसा र विक्रीदर ३११ रुपैयाँ ८४ पैसा तोकेको छ ।

Capture.JPG 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलवार १०:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।