Logo

मनोरञ्जन

आज विवाह बन्धनमा बाँधिदै कट्रिना कैफ



भारतीय अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदै छिन्।

बलिउड अभिनेता विक्की कौशलसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनीहरुले माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा ‘रोयल’ शैलीमा लगनगाँठो कस्न लागेको छन् ।

भारतीय समयअनुसार आज दिउँसो ३ देखि ३:४५ को समयमा उनीहरुको विवाहको कार्यक्रम रहेको छ । विवाहमा क्याट्रिनाले सब्यसाचीको डिजाइनर लेहेंगा लगाउने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टअनुसार कट्रिनाले आफ्नो विवाहको ७५ प्रतिशत खर्च आफै ब्यहोर्ने जनाइएको छ। उनले यात्रा,सुरक्षा, पाहुनासम्बन्धि खर्च हेर्नेछिन‍्। अर्कोतर्फ विक्कीले बाँकी २५ प्रतिशत खर्च व्यहोर्ने छन्। विवाह समारोहमा सरिक हुन बलिउड हस्तिहरु माधोपुर पुगिसकेका छन् । एजेन्सी

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार १४:१३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।