Logo

साहित्य

मानवताका कथा बाेकेकाे ‘अपरिचित अनुहार’



महेश पौड्यालको भर्खरै प्रकाशित ‘अपरिचित अनुहार’ कथा–सङ्ग्रहले नेपाली साहित्यमा तरङ्ग ल्याएको मात्र छैन अपितु यसले नेपाली साहित्य जगतमा कथा सङ्कटमा छ भन्ने कमजोर विचार र बुझाइलाई चिर्दै नेपाली साहित्य जगतमा कथा विधालाई थप सशक्त बनाएको छ । सरल भाषा, सबैका अगाडि पढ्न सकिने, सबैले बुझ्न सक्ने, सुरूदेखि अत्त्यसम्म पाठकलाई चुम्बकले फलाम नातेजस्तै तानिरहने, पढ्दै जाँदा कहीँ हसाउने कहीँ रुवाउने, समकालीन समाजाका मानिसहरूले भोगेका समस्याहरू, विदेश पलायनले समकालीन समाज र संस्कृतिमा पारेको कुरूप प्रभावजस्ता संवेदनशील विषयलाई सरल ढङ्गले कथामा खिप्नु कथाकारको विशिष्ट कलाको र साहित्यिक चेतको उपज हो ‘अपरिचित अनुहार’ । कथामा उत्तरआधुनिकताको प्रभाव नपर्नु तर पनि सामान्य उत्तरआधुनिक विशेषताहरू बोकेका ‘मृगनयनी’ र ‘आवाजहरू’ जस्ता कथाहरूमा अधिआख्यानात्मक (meta–fictional) विशेषता भेटिनुले कथाकारले समकालीन समयमै रहेर माटो सुहाउँदा पात्रहरू छनोट गर्दै उत्तरआधुनिक आख्यानलाई सरल र गम्भ भाषामा खिपेका छन् कथाकारेका अर्को विशिष्ट कला हो ।


कथाहरू मानवताको विषयमा जादुमय तरिकाले खिपिएको पाइन्छ । त्यसमा पनि ‘बार्दलीको एउटा अनुहार’ कथामा त्यसलाई मिहिन ढङ्गले सरल रूपमा प्रस्तुत गरिएको छ । पोलियोले घुँडामुनिको भाग खाएको र हिँडडुल गर्न गाह्रो हुने अप्सरालाई मनेले बिहे गर्नु मानवताको एउटा सशक्त उदाहरण हो । अहिलेको पुँजीवादी समाजमा नाफा नोक्सानको हिसाब हुने समयमा मानेको अप्सराप्रतिको प्रेम नाफा–नोक्सानभन्दा माथि उठेको छ । यात्रा साहित्यमा प्रायः पढ्न सङ्कोच लाग्ने भाषाको प्रयोग भएको पाइन्छ । तर ‘बार्दलीको एउटा अनुहार’ कथाले उक्त मान्यतालाई चिरिदिएको छ । जहाँ चालक र सहचालकबीच सभ्य भाषाको प्रयोग आफैँमा कथाको अर्को सुन्दर पक्ष हो ।


सहरमा प्राय मानिसहरू यन्त्रजस्तै हुन्छन् र मनलाई पनि घरलाई बारेजस्तै गरी बारेर साँघुरो बनाउँछन् । तर त्यही साँघुरो मनालई फराकिलो बनाउन समानिसहरूका सम्बन्ध र मन जोड्ने बच्चाहरू पुन बन्ने सामाजिक यथार्थलाई ‘उपहार’ कथामा सरल ढङ्गले प्रस्तुत गरिएको छ ।
मानिस सामाजिक प्राणी भएकोले लेखक समाजबाट अलगिनु हुँदैन भन्ने सन्देश ‘आवाजहरू’ कथाले प्रस्ट सकिाएको छ । सर्जकले समाजका परिवर्तन गरिनुपर्ने कुराका बारेमा लेख्दा यसले समाज परिवर्तनमा मार्गनिर्देश गर्ने सन्देश यस कथाले दिन्छ । यस कथाका पात्र साधु कथाकार सुधीरलाई भन्छन्— “सक्नुहुन्छ भने श्रीमतीका, छरछिमेकका, साथीभाइका…सबै सबैका हल्लाहरूको बीचमा बसेर कथा लेख्नुहोस् । त्यो मान्छेको कथा हुने छ ।


यो कथा दर्शनचाहिँ मिलनसार, सरल, धीर र सहकार्य गर्न सक्ने क्षमताको मानिसलाई हरेक काम गर्न सहजता प्राप्न हुने भन्ने पाइन्छ । यिनै गुणको अभावका कारण सङ्ग्रामलाई घर बनाउनु फलाकमको चउिरा चपाउनु हुन्छ । तर सुशील गुणहरूको धनी भएका कारण सहजै घर निर्माण कार्य सम्पन्न गराउन सक्छ ।


बृद्ध अवस्थामा आध्यात्मले बृद्धबृद्धालाई मानिसक तथा शारीरिक रूपमा स्वस्थ रहन मद्दत गर्ने ज्ञान ‘मन्दिर’ कथाले प्रस्ट पार्दछ । यस कथामा अतुलमान सिंहकी आमा भन्छिन्— “उहाँ बितेपछि आज पहिलेपल्ट म मन्दिर पुगेँ । सधैँ आऔँ ल । यहााँ आएपछि म सबै दुःख बिर्सन्छु । भगवान्को शरणमा परेपछि मन चङ्गा हुन्छ ।” यहाँ बृद्ध मनोविज्ञानले आफ्नो बृद्ध शरीरलाई स्वस्थ राख्न अध्यात्मको सहारा लिएको प्रस्ट छ । त्यो भन्दा पर मानिसहरू अहिलेको व्यस्त समयमा आफ्ना आमाबाबुको स्याहार सुसार गर्न समय नपाएर बाबुआमाकाले सास्ती पाएको उदाहरण पनि यहीँ भेटिन्छ । यसले गर्दा पढ्दै गर्दा पाठकको मनमा अमिलो महसुस हुन्छ ।


यस कथासङ्ग्रहले पाठकलाई नै समकालीन नेपाली समाजको दुःख र पीडालाई बोध गराउँछ । नेपाली संस्कृति पस्ता हस्तान्तरण हुन नसकेको ‘ओरालो’ कथाले बोध गराउँछ नेपाली युवाहरू विदेशिँदा संस्कृति हस्तान्तरणमा बाधा परेको साथै गाउँ कुरूप तथा प्राणहीन भएको यथार्थ छर्लङ्ग देखिन्छ । यो कथा पढ्दैगर्दा संस्कृति र पहिचानबारे सचेत पाठकमा पिरो महसुस हुन्छ किनकि यहाँ नेपाली संस्कृति र पहिचान लोप हुन लागेको प्रस्ट देखिन्छ । जस्तो कि दशैँमा दुर्गा थाप्ने पण्गित गाउँमा हुँदैनन् । घरहरू दुलहीलाई झैँ रङ्ग्याइएका छैनन् । गाउँमा खसी पाइँदैनन् । खसी काट्ने मान्छे पनि छैनन् । छन् त केवल बूढा बाआमा, जुन समकालीन नेपाली समाजको दर्दनाक यथार्थ हो । सचेत पाठकलाई आफ्नो संस्कार र परम्परालाई जोगाउनुपर्छ भन्ने सन्देश यस कथाले दिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार १२:१८   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।