Logo

प्रमुख समाचार

नेतृत्व मात्र होइन नितिको पनि बहस गरौंः शसांक कोइराला



नेपाली कांगे्रसका नेता शशांक कोइरालाले कांगे्रसले तेनृत्वको मात्र होइन नितिको पनि बहस गर्ने बेला भएको जिकिर गरे । आज पार्टीको १४ औं महाधिवेशनको उद्धाटन समारोहमा बोल्दै संविधानमा धर्म निरपेक्षता भन्ने सब्दलाई हटाएर धर्म स्वतन्त्र भन्ने शब्द राख्न पर्ने बताए । उनले विकासको काममा युवा परिचालन गर्न पर्नेमा पनि जोडदिए । कृषि क्षेत्रको कुरा गर्दै नेता कोइरालाले ७० प्रतिशत मानिस लागेको कृषिमा जम्मा २ प्रतिशत बजेट छुट्टाउनु दुर्भाग्य भएको भन्दै कम्तीमा पनि २५ प्रतिशत बजेट बनाउन पर्नेमा जोड दिए। उनले अबको दिनमा हलो जोतेर कृषी आधुनिकिकरण हुँदैन भन्दै यन्त्रिकरण गर्न पर्नेमा सबैको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार १७:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।