नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सकेसम्म सर्वसहमतीमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । महाधिवेशनको उद्घाटन सभामा बोल्दै निधिले “सकेसम्म सर्वसहमतीमा जाऔं सकिदैन भने निर्वाचनमा जाऔं प्रतिस्पर्धामा म पनि छु” भनेका हुन् ।
उनले महाधिवेशन पछि काँग्रेस आगामी तिनै तहको निर्वाचनमा बहुमत ल्याएर एकल सरकार बनाउनमा लागि पर्ने पनि बताएका छन् । उनले
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई सहि ट्रयाकमा ल्याउन पर्ने भन्दै युवाहरुलाई राजनीतिमा सहभागि गराएर नितिनिर्माण तहसम्म लैजान पर्ने हालको आवश्यक्ता भएको बताएका छन् । उपसभापति निधिले संविधान र संघियताको कार्यन्वयन कांगे्रसले मात्रै गर्न सक्ने ठोकुवा समेत गरेका छन् ।
२४ मंसिर २०७८, शुक्रबार १८:२३

















प्रतिक्रिया