बुधबारदेखि केरुङ नाका खुलेपनि चिनियाँ पक्षले ५ वटा कन्टेनरमात्र पास गर्न सकिने अनुमति दिएसँगै नेपाली आयातकर्ताले ल्याएको सामान केरुङमा अलपत्र अवस्थामा रहेको छ । चीनको शर्तले गर्दा नेपाली आयातकर्ताले ल्याएको सामान अलपत्र अवस्थामा परेको हो । यसरी नै दैनिक ५ वटा कन्टेनर आयात गर्ने हो भने दशैैं सक्दासम्म पनि चीनमा भएको कन्टेनर आयात गर्न सकिने अवस्था छैन । पुलको भार र मितेरी पुलबाट दिनमा ५ वटा भन्दा बढी कन्टेनरबाट सामान ल्याउन सकिदैन । अहिले चीनबाट सामान बोकेर आएको कन्टेनरबाट नेपाल र चीनको मितेरी पुलमा नेपालबाट गएको कन्टेनरबाट सामान लोड गर्ने गरिन्छ । यो भन्दा अगाडि चिनियाँ कन्टेनरले गोदाममा हुने कन्टेनरबाट सामान लोड हुने थियो ।
चीनले नेपालमा कोरोना भाइरस बढेको भन्दै आफ्नो देशबाट आउने सामानको निर्यातमा नै असजिलो स्थिती बनाइदिएको हो । चीनबाट समुन्द्रिक नाका हुँदै आएका सामान भने सहज रुपमा आएको छ ।
रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यबिक्रम खड्काले ५ वटाभन्दा बढी कन्टेनर आयात गर्नको लागि पहल भइरहेको बताए । उनले भने ‘चिनियाँ पक्षले कोभिडको कारण स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ, हामीले स्वास्थ्य मापदण्डलाई सहज बनाएर आयात खुलाउने प्रयास गरिराखेका छौ,’उनले भने ।




















प्रतिक्रिया