विश्वहिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका अधयक्षका उम्मेद्ववार व्यासाचार्य किशोरकुमार गोतमले २४ गते हुने भनिएको निर्वाचनमा अध्यक्षका अर्की उम्मेदवार टिकादेवी भण्डारी उर्फ अस्मिता भण्डारीले अवरोध गरेको बताएका छन् । अनलाइनपानासँगको कुराकानीका क्रममा उनले भने, भण्डारी स्वघोशित अध्यक्ष हुन ।
भण्डारीलाई अध्यक्ष बनाउने बिषयमा चर्को विवाद भएपछि अप्रिय घटना घट्न सक्ने अवस्थालाई मध्यनजर गर्दै निर्वाचन समितिले निर्वाचन स्थगित भएको जानकारी दिएको थियो ।त्यसपछि गौतम समूहका सबै निस्केपछि भण्डारी निकट केहि भारतीय सन्तले राती १२ बजे उनलाई कार्यबाहक अध्यक्ष घोषणा गरेका थिए । तसर्थ टिकादेवी भण्डारी निर्वाचन समितिको निर्णय अनुसार नभई केहि साधु सन्तको आशिर्वादले स्वघोषित अध्यक्ष बनेकाले उनलाई स्वीकार गर्न नसकिने गौतम बताउछन ।
गौतमले आज पाशुपतिस्थित सुमार्गी हलमा आकस्मिक पत्रकार सम्मेलन गरेर निर्वाचन हुने समयमा निर्वाचन समितिलाई पनि दवाव दिएको, समय विलम्ब गराएको र निर्वाचन स्थलमा गुण्डा परिचालन गरि आफुलाई दवाव समेत दिएको जानकारी दिएका छन् । उनले निर्वाचन समितिले निर्वाचन स्थगित भएको जनकारी गराएपछि स्वघोशित रुपमा अध्यक्ष भएको प्रति पनि आपत्ती जनाएका छन् ।
गौतमले यस विषयमा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति,राष्ट्रिय समिति र विभिन्न बिद्वानहरु एवं सन्त समाजले पनि आपत्ती जनाएको बताएका छन् । आफु अर्को निर्वाचनको मितिको पर्खाईमा बसेका बेला एक्कासि टिकादेवी भण्डारी सर्वसम्मत कार्यबाहक अध्यक्ष बनीन् भन्दै बधाई आउन थालेपछि आफुले पत्रकार सम्मेलन गर्नुपरेको उनको भनाई छ । यही २४,२५ र २६ गते सम्म काठमाण्डौमा चल्ने भनिएको अधिवेशन २५ गते नै समाप्त भएको थियो ।





















प्रतिक्रिया