Logo

मधेश प्रदेश

प्रदेश नं २ को प्रदेशसभा बैठक बस्दै



काठमाडौं । प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभाको आठौँ अधिवेशन बिहान ११ बजे बस्नेछ ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौँ अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।

प्रदेशसभाको आठौँ अधिवेशनबाट प्रदेशको नामकरण र राजधानीको प्रस्ताव पनि टेबल हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार ०८:०५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।