Logo

समाचार

भ्यान दुर्घटनामा दुई जनाको मृत्यु, आठ घाइते



सूर्योदय नगरपालिका-७ सुखेपोखरीस्थित मेची राजमार्गमा मंगलबार दिउँसाे भएकाे मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएकाे छ भने आठ जना घाइते भएका छन्  ।दिउँसो साढे ३ बजे मे१ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेकाे थियाे । 

घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लागिएको थियाे । साे क्रममा माईजोमाई गाँउपालिका-४ का ७६ बर्षीय रामप्रसाद तिमसिना र माईजोमाई-३ का ४० बर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हाे । चालकसहित आठ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १३:३०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।