पछिल्लो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पूँजीकरण पछिल्लो ७ महिनामा उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा सेयर बजारको पूँँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो ।
गत असार मसान्तमा सेयर बजारको पूँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । ९ महिनाको अवधीमा बढेर चैत्त मसान्तम्म सेयर बजारको पूँजीकरण ३७ खर्ब २ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ नाघेको छ । एक महिनाकै अवधीको तुलना गर्ने हो भने पनि ४ खर्ब हाराहारीले पूँजीकरण बढेको छ ।
समग्रमा बजार पूँजीकरण बढ्दै जानुमा एउटा महत्वपूर्ण योगदान ग्लोबल आइएमई बैंकको पनि छ । गत ४ फागुनमा ग्लोबल आइएमई बैंकको बजार पूँजीकरणले एउटा इतिहास रच्यो । त्यसबेला एक खर्ब रुपैयाँ माथि पुगेको थियो । नेप्सेले २६ सय ७४ ऐतिहासिक उचाई बनाउँदा आइएमई समूहको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकको बजार पूँजीकरण पनि एक खर्ब रुपैयाँमाथि पुग्न सफल भएको थियो ।
शेयरबजारमा देखिएको बुलरनको शुरुवातमा ग्लोबल आइएमई बैंकको तुलनामा अन्य बैंकको शेयर मूल्य निकै वृद्धि भयो । तर शेयर आपूर्ति उच्च रहेको ग्लोबल आइएमई बैंकको शेयर मूल्य धेरै समय अढाई सयको हाराहारी रह्यो ।
ग्लोबल आइएमई बैंकको नेपाल स्टक एक्सचेन्जमा सबैभन्दा धेरै शेयर सुचिकृत रहेका छन् । ग्लोबल आइएमई बैंकको मात्र २१ करोड ६३ लाख २५ हजार ३१ कित्ता शेयर सुचिकृत रहेका छन् । जुन बैंकिङ्ग क्षेत्रमै सर्वाधिक हो ।
उदाहरण स्वरुप ग्लोबल आइएमई बैंक र नबिल बैंकलाई दाँजौ, गत साता नबिल बैंकको शेयरमूल्य १२ सय २७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने ग्लोबल आइएमई बैंकको ४ सय २८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
अब यी दुइ बैंकका चुक्तापूँजी दाँज्दा नबिल बैंकको १३ अर्ब ४६ करोड ३९ लाख ७६ हजार ९ सय ६० रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ११ अर्ब ८९ करोड ७६ लाख २७ हजार ६ सय ४८ रुपैयाँ रहेको छ ।
अहिले पनि नबिल बैंकको शेयर मूल्य १२ सय भन्दा माथि रहेको छ भने ग्लोबल आइएमई बैंकको शेयर मूल्य ४ सय ४३ को आसपासमा रहेको छ ।
२१ करोड ६३ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको ग्लोबल आइएमई बैंकको बजार पूँजीकरण पनि एक खर्ब दुई अर्ब रुपैयाँ पुगेको थियो । अहिले भने केहि केहिमात्राले मात्रै पूँजीकरण घटेको छ । पछिल्लो समय ग्लोबल आइएमई बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा सेयर बजारको पूँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो । गत असार मसान्तमा सेयर बजारको पूँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । ९ महिनाको अवधीमा बढेर माघ मसान्तसम्म सेयर बजारको पूँजीकरण ३७ खर्ब २ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ नाघेको छ ।
एक महिनाकै अवधीको तुलना गर्ने हो भने पनि ४ खर्ब हाराहारीले पूँजीकरण बढेको छ । गत पुस मसान्तमा सेयर बजार पूँजीकरण ३० खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । सेयर बजार पुँजीकरण भनेको सूचीकृत कम्पनीहरुको बजार मूल्य हो । पछिल्लो समय कम्पनीहरुको सेयर मूल्य बढ्दै जादा लगानजीकर्ताको पुँजीमा वृद्धि भएको हो ।
यद्यपि, सेयर मूल्य बढेको कारणले मात्रै भने अहिले पूँजीकरण बढेको भने होइन । केही नयाँ कम्पनीहरु थपिएका छन्, ती कम्पनीहरुको पूँजीकरण समेत जोड्दा ३७ खर्बमाथि पुगेको हो । नेपालको बैकिङ क्षेत्रमा बाहुल्य जमाएको ग्लोबल आइएमई बैंकप्रति आमग्राहक मात्र नभएर हाल लगानीकर्ताहरु पनि आकर्षित भइरहेका छन् । व्यापार विस्तारमा ग्लोबल आइएमई बैंक आक्रामक देखिएको छ भने सेवा सुविधा प्रदान गर्न पनि अब्बल रहेको छ ।
ग्लोबल आइएमई बैंकले सेवा विस्तार गर्ने क्रममा हालसम्म २ सय ७३ शाखा सञ्चालन गरिरहेको छ भने ४७ वटा एक्सटेन्शन काउन्टर र २ सय ५७ शाखा रहित बैंकिङ सेवा नेपालभर प्रदान गर्दै आएको छ ।
देशभर ग्लोबल आइएमई बैंकको २ सय ४२ वटा एटीएम सञ्चालन रहेका छन् भने बैंकको मात्र ४८ हजार बढी ग्राहक रहेका छन् । शाखा, व्यापार र सेवामा मात्र नभएर शेयर बजारमा पनि ग्लोबल आइएमई बैंकले आशातीत सफलता पाएको छ ।
समग्रमा बजार बढ्दै जाँदा लगानीकर्ताहरुको आकर्षण ग्लोबल आईएमई बैंकमा पनि सकारात्मक नै देखियो । बैंकले आकर्षक लाभांश दिदै आएका कारण पनि लगानीकर्ताको आकर्षण छ ।
यसकारण बढ्दैछ मूल्य
पछिल्लो समय यस बैंकको सेयर मूल्यमा देखिएको बढोत्तरीको कारक पनि यही भएको जानकारहरु बताउँछन् । यद्यपि, केहि दिन यता सेयर बजार घट्दो क्रममा छ ।
अधिकांश कम्पनीहरुको सेयर मूल्य घट्दा समग्रमा नेप्से परिसूचक पनि घटिरहेको छ । १ चैतको कुरा गर्ने हो भने पनि नेप्से परिसूचक ५१ अंकले घटेको थियो । समग्रमा बजार घटेको असर ग्लोबल आइएमईमा पनि देखिएको थियो । यसलाई स्वाभाविक नै मान्नु पर्ने विश्लेषकहरुको ठम्याई छ । अहिले बजार पूँजीकरण पनि खर्बबाट तल झरेको छ । तर केहि दिनमै पुनः खर्बमाथि पुग्ने सम्भावना सूचकांकाले औंल्याएको छ ।
यस बैंकले विगतका वर्षहरुमा पनि निकै राम्रो लाभांश दिदै आएको छ । बैंकले हरेक वर्ष दिने राम्रो लाभांशका कारण सर्वसाधारणहरुको आकर्षण निकै राम्रोसँग बढ्दै गएको छ । ग्राफिक्समा हेरौं दशकको लाभांश सम्बन्धी तथ्यांक :






















प्रतिक्रिया