नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन् ।
हालैको नतिजा अनुसार शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेकी यादव केन्द्रीय सदस्यमा निर्वाचित बनेकी हुन् ।
यादवले प्रतिद्वंद्वी गीतादेवी यादवलाई ८४६ मतान्तरले पराजित गरेकी छन् । चित्रलेखाले प्रदेश २ को महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएकी थिइन ।
उनले २७३१ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिस्पर्धी शेखर कोइराला समूहबाट उम्मेदवार बनेकी गीता यादवले १८८५ मत मात्र पाएकी छन् ।
अहिले केन्द्रीय सदस्य पदमा चित्रलेखा यादव निर्वाचित भएपछि केन्द्रीय सदस्यमा देउवा समूहले खाता खोलेको हो ।

















प्रतिक्रिया