नेपाली कांग्रेसको राजनीतिमा अपराधिक पृष्ठभुमिलाई माध्यम बनाएर प्रवेश गरेका गुण्डा नाईकेका नामले चिनिने गणेश लामाले अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्यतर्फ लोकप्रिय मत प्राप्त गरेका छन्।
१४औं महाधिवेशनको निर्वाचनमा लामाले खुल्लातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएका थिए । लामा विजयकुमार गच्छेदार निकट हुन् । गच्छेदार भने देउवा प्यानलबाट उपसभापतिमा पराजित भएका थिए ।
खुल्लातर्फको १२ सयभन्दा बढी मतगणना सकिदा लामाले ५८९ मत प्राप्त गरेका छन । यस मतले उनलाई जित नजिक पुर्याएको छ ।





















प्रतिक्रिया