Logo

राजनीति

नेपाली राजनीतिमा लिङ्देनकाे उदय असामान्य



तत्त्कालिन अवस्थामा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा लिम्बुवानसँग सम्झाैता गरेका थिए । साेहि सम्झाैता अनुसार राजा चाहिँ दाजु र लिम्बुवान चाहिँ भाइ बनेका हुन् । यसरी नेपालकाे सीमाना फराकिलो बनेको इतिहास छ ।

आज पुनः राजा र लिम्बुकाे सन्ततिका रुपमा फेरि एक पटक राजा ज्ञानेन्द्र र राजेन्द्र लिङ्देन साथ साथ हिँड्ने माहोल तयार भएको छ । याे ईतिहासकाे पुनरावृत्ति हाे ।नयाँ अवस्था, नयाँ पात्र, नयाँ चरित्र बाेकेकाे क्षण हो ।हिजाे मुलुककाे सिमाना फराकिलाे बनाउन राजा र लिम्बू एकै ठाउमा आएका कारण एकीकरण सम्भव भएको हो ।आज फेरि देशकाे अस्तित्व सुरक्षित राख्दै राष्ट्रिय एकता,अटल स्वाभिमान र अखण्डतालाई बलियाे बनाई राख्न राजा र लिम्बू एक ठाउँमा आएका छन् । जुन नेपाल र नेपालीका लागि गर्वको कुरा हो ।

राजेन्द्र लिङ्देनकाे उदयले नेपाललाई नयाँ राजनीतिक कार्यदिशा, नयाँ शासन व्यवस्थामा डाेर्याउन सबै नेपालीले याेगदान गर्नुपर्ने देखिन्छ । समाजवादकाे नाममा नेपाली काङ्ग्रेस, एमाले, माओवादी, समाजवादी, जसपा जस्ता ठुला दल संसदमा छन् र यी मध्ये काेही पनि समाजवादी चरित्रका छैनन् । याे फगत चुनाव जित्ने एजेण्डा मात्रै हाे। जनतालाई मिठा सपना देखाएर आफुहरु सत्तामा टिकिरहने प्रपञ्च मात्र हो, समाधान र निराकरण कदापि हाेईन ।

अब राजा र हिन्दुत्वको प्रतिनिधित्व गर्ने दल राप्रपाले नेपाललाई समाजवाद नामकाे मन्द विखबाट जाेगाउन नेपालमुखी दर्शन अँगीकार गर्नुपर्छ । जसले नेपालका मुल रैथाने धर्मसंस्कृतिलाई राज्य र जनजीवनकाे अभिन्न हिस्सा बनाउन भुमिका खेलाेस् । त्यसैले लिंगदेनलाई शत्रुका रुपमा नभई एक परिवर्तनको सम्बाहक एवम समान धारण हुनेहरुले मित्रका रुपमा हेरेर सहयाेग गर्नुपर्ने आजको आवस्यकता हो ।

यतिमात्र होइन,अब एउटा अनुहार कर्णालीकाे अनि एउटा अनुहार मिथिलाकाे अनि एउटा अनुहार उपत्यकाकाे आवस्यक छ । जसले लिङ्देनकाे सहयाेगी बनेर कमजोर बन्दै गईरहेको नेपाली राष्ट्रियताका लागि अहम भूमिका खेल्न सकाेस् । यी सबैको अभिभावक बनेर दरबार बसाेस् ।

सबैले जनमानसमा एउटा तिक्तता छ र भन्छन् पनि “बाहुनक्षेत्रीका कारण जनजाति नेतृत्व स्थापित भएन ।” सानातन धर्म जनजातिको होइन,नेपाली मौलिक संस्कार संस्कृति परम्परा रीतिरिवाज हाम्रो होइन ।आज एउटा लिम्बुको सन्तानले सोहि विषयलाई गलत सावित गर्दै जनजाति नेतृत्व स्थापित भईसकेपछि तिनै घृणावादीहरु भन्दैछन् कि लिंगदेनको एजेण्डामा हाम्रो सहमति छैन । तसर्थ यी सब उनीहरुको कुण्ठा मात्रै हाे । संकिर्णता, असफलता र छट्पटीपूर्ण अभिव्यक्ति हाे।जसको कुनै अर्थ छैन ।

अन्तमा हामी स्वतन्त्रत,देशभक्त स्वाभिमानी नेपालीहरु जो यो राष्ट्रलाई अक्षूण राख्न होस भन्ने चाहनुहुन्छ, यस्ता राष्ट्रप्रेमीहरु बिखण्डनवादी सोच भएकाहरुको अभिव्यक्तिमा अल्झेर बस्नुको सट्टा सिंगो देशलाई नयाँ दिशामा नयाँ नेतृत्व र नयाँ शासन व्यवस्थामा अगाडि बढाउने कार्यमा सहभागी हुनु देशको प्रमुख आवस्यकता र युवाको प्रमुख दायित्व पनि हो ।

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार ००:३७   :  बजे

963
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।