Logo

खेलकुद

युभेन्ट्सद्वारा बोलोग्ना पराजित



काठमाडौं । इटालिएन सिरी ए फुटबलमा युभेन्ट्स विजयी भएको छ ।

गएराती भएको खेलमा युभेन्ट्सले बोलोग्नालाई २–० गोलले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा अल्भारो मोराटा र जुआन काउड्राडोले गोल गरेका थिए ।

जितपछि युभेन्ट्स १८ खेलबाट ३१ अंकसहित छैटौँ स्थानमा छ भने बोलोग्ना २४ अंकसहित १० औँ स्थानमा छ ।

गएरातीकै अर्को खेलमा रोमाले एटलान्टालाई ४–१ गोलले पराजित गरेको छ ।

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार ०९:००   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।