Logo

खेलकुद

स्पेनिस ला लिगा: बार्सिलोना विजयी



काठमाडौं । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इल्चेई ३–२ अन्तरले पराजित गरेको छ । शनिबार राति नोउ क्याम्पमा भएको खेलमा जाभी होर्नाण्डेजको बार्सिलोनालाई जिताउँन फेरान जटग्ला , गाभी र निकालोस गोन्जालेजले एक एक गोल गरे ।

भ्रमणकारी टोली इल्चेको लागि जस मोरेन्ट र पेरे मिलाले गोल गरे । साँतौ जित निकाल्ने क्रममा बार्सिलोनाले सुरुआती २ गोल गरेको थियो । त्यसपछि इल्चे खेलमा फर्किएपनि गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई तीन अंक दिलाए । 

जितसँगै बार्सिलोना १७ खेलबाट २७ अंक सहित साँतौं स्थानमा छ ।  इल्चे समान खेलबाट १५ अंक सहित १६ औं स्थानमा छ । 

यता, शनिबार राति नै भएको खेलमा एट्लेटिको मड्रिड सेभियासँग २–१ अन्तरले पराजित भयो । घरेलु मैदानमा सेभियाको जितमा इभान राकिटीक र लुकास ओकाम्पोसले गोल गरे भने एट्लेटिकोको लागि फिलिपे सान्त्वना गोल गरे । 

जितसँगै सेभिया १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा छ भने २९ अंक बनाएको एट्लेटिको पाँचौं स्थानमा छ । ला लिगामा ४२ अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ । 

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार ०९:२२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।