Logo

प्रमुख समाचार

कांग्रेस खुला केन्द्रीय सदस्यमा कसको कति मत ? (मतपरिणाम सहित सूची)



नेपाली कांग्रेसको खुल्ला (३५) केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । खुला तर्फ डा.शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक , ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहदै निर्वाचित भएका छन् ।

त्यस्तै गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडु, मोहनबहादुर बस्नेत , बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा.गोविन्दराज पोखरेल शीर्ष २५ भित्र अटाएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा.गोपाल दहित र मोहन आचार्य शीर्ष ३५ भित्र समेटिएर निर्वाचित हुन सफल भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका सदस्य एवम् अधिवक्ता एगराज पोखरेलले दिएको जानकारी अनुसार खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व जमाएको छ ।

३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।

शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए । शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।

पदाधिकारीको मतगणना सम्पन्न भइसकेको छ । कांग्रेसको नयाँ नेतृत्वमा सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव, बद्रि पाण्डे र उमाकान्त चौधरी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार २१:०८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।