जब एउटा बीज मर्छ आफ्नै धरातलमा
तब मात्र शुरू हुन्छ
विरुवाको अर्को जीवन–यात्रा ।
मृत्यु सम्झँदा नै डग्मगाउँछ मान्छे
सुनामीजस्तै भयानक प्रलयको कल्पना गर्छ
तर समयप्रवाहको हरेक सुसाइले भनिरहेकै त हुन्छ––
जीवन र मृत्यु त मात्र भ्रम हुन्,
जीवन भन्नु रूपान्तरणको एक अविछिन्न प्रक्रिया हो ।
मृत्यु के हो र ?
जीवन मेटिँदै जाँदाको साक्षी त हो
सम्झे कथाका पात्रहरू, अनुहारहरू
परिचित र अपरिचित अनुहारहरू
पढेँ धेरै बेर र सोचेँ,
शुक्र माझी र बालकबीचका कथा
बीज, विरूवा र जराको कथा
जुन बीज बिरूवाको जरामा
झिनो आशाको जीवन बोकेर अल्झिरहेको छ।
लेखकः गोबिन्द कडेल आँसु
















प्रतिक्रिया