Logo

साहित्य

बुद्धीसागरको “कर्नाली ब्लुज” अङ्ग्रेजीमा



काठमाडौँ । प्रसिद्ध आख्यानकार बुद्धीसागरको “कर्नाली ब्लुज” उपन्यास अङ्गे्रजीमा आउने भएको छ । प्रोफेसर माइकल हटले अनुवाद गरेको उक्त पुस्तक पेन्गुइन इण्डियाले प्रकाशनमा ल्याउने भएको हो । उक्त पुस्तक डिसेम्बर २७ बाट बजारमा आउने भएको छ ।


परिवारको कर्तव्य र बुवाले आफ्ना सन्तानप्रति गरेको स्नेह चित्रण रहेको “कर्नाली ब्लुज” नेपाली साहित्यमा अत्याधिक चर्चामा रहेको पुस्तक हो । बुद्धीसागरको कर्नाली ब्लुज पछि फिरफिरे उपन्यास प्रकाशित छ । उनको चाँडै नै नवीनतम् उपन्याु बजारमा आउने हल्ला पनि व्यापक रुपमा पाइन्छ ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १३:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।