Logo

प्रमुख समाचार

जसपा नेता मंगल गुप्ता एमाले प्रवेश, ओलीले गरे स्वागत



जनता समाजवादी पार्टीका नेता मंगल गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित एमालेको बृहत् जनसभामा अध्यक्ष केपी शर्मा ओलीले सदस्यता दिएर गुप्तालाई पार्टीमा स्वागत गरेका हुन् ।

गुप्तासँगै अन्य नेता कार्यकर्ता पनि पार्टी प्रवेश गरेका छन् । ओली सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र सचिव लेखराज भट्ट लिएर सोमबार नै कपिलवस्तु पुगेका थिए । 

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १५:२९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।