Logo

अर्थ

‘नबिल स्मार्टपोस’ सञ्चालनका लागि बैंक, दराज तथा आइमार्कबीच त्रिपक्षीय सम्झौता



काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी थप प्रभावकारी बनाउन सम्झौता भएको जनाएको छ ।

सम्झौताअन्तर्गत दराजमार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोसभित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी गर्न सक्षम हुने बताइएको छ । दराजले चाँडैै नै १०० भन्दा बढी नबिल स्मार्टपोसमार्फत आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्ने भएको छ ।

आइमार्कले बैंकलाई ४,००० भन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्टफोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्ने बैंकको दाबी छ ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार ०९:३७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।