Logo

कर्पोरेट फोकस

आँखुखोला जलबिद्युत आयोजनाको लागि प्रभुको नेतृत्वमा ७५ प्रतिशत लगानी गर्न कर्मचारी संचय कोष र कृषि विकास बैंकले गर्ने सहमती



सुपर आँखुखोला जलबिधुत आयोजनाको वित्तिय व्यबस्थापन सम्पन्न भएको छ । प्रभु बैंकको सहवित्तीयकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सोही जलविद्युत आयोजनाको वित्तिय व्यबस्थापन सम्पन्न भएको हो 
कुल लागत ४ अर्ब ५६ करोड रुपैयाँको सो आयोजनाको लागि शुक्रवार ७५ प्रतिशत अर्थात ३ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गर्न प्रभु बैंकको नेतृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले गोरक्ष हाइड्रोपावर प्रा.लि.द्धारा प्रवर्तित उक्त आयोजनासँग ऋण लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । 
आयोजनामा प्रभु बैंकले रु.१ अर्ब ८२ करोड, कर्मचारी संचय कोषले ८५ करोड र कृषि विकास बैंकले ७५ करोड ऋण लगानी गर्ने भएका छन् । सो आयोजनामा कुल लागतको २५ प्रतिशत, १ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पूँजी मार्फत जुटाउनेछ ।

ऋण संझौतामा सहवित्तीयकरण नेतृत्व गर्ने प्रभु बैंकको तर्फबाट प्रमुख ब्यापार अधिकृत रेनु प्रसाद पाण्डेय, कर्मचारी संचय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुन कुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावर प्रा।लि।का तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका हुन ।

आयोजना धादिङ्ग जिल्लाको रुबीभ्याली गाउँपालिकामा निर्माणाधिन रहेको छ । आयोजनाबाट सुख्खायाममा ४१.६३ गिगावाट आवर र वर्षायाममा ९६.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग (टेक अर पे) को आधारमा विद्युत खरिद बिक्री संझौता सम्पन्न भएको हो  ।

बिधुतमा आत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष्यमा साथ दिंदै बिधुत तथा उर्जा बिकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैँकको लक्ष्य बमोजिम बैँकले देशभर हालसम्म बिभिन्न ४० भन्दा बढी बिधुत आयोजनाहरुमा लगानी गरिसकेको प्रभु बैँक लि.का कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी गराए ।

प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार  १ : ५६ बजे