Logo

बैंकिङ

४ वटा स्थानीय निकाय अझै बैंकको पहुँचबाट बाहिर 



कुल ७५३ स्थानीय तहमध्ये २०७७ फागुनसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ फागुनसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ फागुन मसान्तमा १ सय ४३ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । 

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९ हजार ७ सय ६५ रहेकोमा २०७७ फागुन मसान्तमा बढेर १० हजार ४ सय ३० पुगेको छ । 

वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको ४ स्थानीय तहहरुमा ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाँउपालिका, धादिङ जिल्लाको रुवीभ्याली गाँउपालिका, जाजरकोट जिल्लाको जुनीचाँदि गाँउपालिका र बाझाङ जिल्लाको काँडा गाँउपालिकामा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार १४:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।