Logo

कर्पोरेट फोकस

आन्तरिक उडाउनसँगै प्याराग्लाइडिङ सञ्चालनमा आउने 



प्याराग्लाइडिङ अब सञ्चालनमा आउने भएको छ । कोरोना महामारीका कारण विगत ७ महिनादेखी बन्द रहेको प्यारग्ललाइडिङ असोज १५ गतेबाट चल्ने भएको हो । 
हवाई खेलकुद संस्था नाकाका अध्यक्ष कृष्ण भण्डारीले सरकारले आन्तरिक उडान शुरु गरेसँगै प्याराग्लाइडिङ पनि असोज १५ गतेवाट व्यवसायीक रुपमा सञ्चालनमा आउने भएको जनाएका छन् । उनले भने ‘अहिले परीक्षणकालका रुपमा सञ्चालनमा रहेको र सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै १५ असोजबाट व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु हुने छ ।’  पुरानै अवस्थामा फर्किन समय लाग्ने भएपनि अहिले आन्तरिक पर्यटकलाई लक्षित गर्दै सेवा प्रदान गरिने उनले जानकारी दिए ।

कोरोनाको जोखिमका कारण बन्द रहेका कम्पनीहरुलाई पुनवुकिङ शुरु गर्न नाले प्याराग्लाइडिङ कम्पनीहरुले निर्देशन दिएको छ । लकडाउनको अवधिमा पोखरामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिरहेका कम्पनीहरुले करिब ५० करोड बराबरो नोक्सानी व्यहोर्नुपरेका नाका महासचिव बलराम आर्चायले बताए ।

‘अहिले परिक्षणकालमा रहेका प्याराग्लाइडिङ सुरक्षाका निश्चित मापदण्ड अपनाएर संचालन भइरहेका छन । प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेशनअफ इरोनेटिक इन्टरनेशनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको एक गन्तव्य हो’ उनले भने । 

यसलाई पहिलेको अवस्थामा ल्याउन धेरै चुनौति रहेका छन् । पोखराको सराङकोट, तोरीपानी र मान्द्रे ढुंगाबाट ५५ वटा कम्पनीले दैनिक प्याराग्लाइडिङ उडाउने गर्दछन् । सुरुआती दिनमा विदेशी पाइलटले धानेको प्याराग्लाइडिङ अहिले तीन सयभन्दा बढी नेपाली पाइलट छन् । प्याराग्लाइडिङबाट झन्डै दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित : १२ आश्विन २०७७, सोमबार