जफत गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गत शुक्रबार देखि सहुलियत मूल्यमा बिक्रि सुरु गरेको छ । भारतले प्याज आयातमा प्रतिबन्ध लगायसँगै नपाली बजारका व्यापारिले कालोबजारी गर्न थालेपछि विभिन्न सरकारी नियाकले अनुगमनमा जफत गरेको प्याज कम्नीले सहुलियतमा बिक्रि गर्न सुरु गरेको हो ।
सरकारी निकाय उद्योग, वाणिज्य अनुगमन विभाग, उपत्यकाका महानगरपालिकाको कृषि बजार अनुगमन टोलीले बजार अनुगमनको क्रममा करिब १ सय ४६ क्वीन्टल प्याज जफत गरी कम्पनीमा ल्याएको कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी बताइन् ।
उक्त प्याज कम्पनीले शुक्रबारदेखि प्रति केजी ६० रुपैयाँमा बिक्री शुरू गरेको उनले जानकारी गराइन् ।
बजारमा करिब प्रतिकेजी १४० भन्दा बढी मूल्यमा बिक्री प्याज कम्पनीले प्रतिकेजी ६० रुपैयाँमा बिक्री गर्दा मानिसहरूको भीड भएको छ । साथै, हाल कोरोनाको समयले गर्दा उक्त भीडलाई कन्ट्रोल गर्न समस्या भइरहेको सुवेदीको भनाइ छ ।
प्रतिक्रिया