Logo

मधेश प्रदेश

एउटै कोठामा सुतेका चार जनाको निसास्सिएर मृत्यु, तीन जना बेहोस



बाँके । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरको एकै कोठामा एकै परिवारका चार जनाको रहस्यमय मृत्यु भएको छ ।

अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनकी बहिनी, तीन महिनाका छोरा र सासुको रहस्यमय मृत्यु भएको हो । मृतक भट्टराईकी श्रीमती, अर्को छोरा र अर्की बहिनी अचेत अवस्थामा भेटिएका छन् ।

आगो बालेर एउटै एउटै कोठामा सुेतका सात जना मध्ये विहान चार जना मृत भेटिएका हुन निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान रहेको छ ।

अचेत परेका तीन जना मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेका छन् । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १५ पुष २०७८, बिहीबार ११:४४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।